Saturday , May 28 2022
Breaking News
Home / रोचक / क्याम्पस पढ्ने उमेरका यि युवायुवतीको काम देखेर प्रहरी पनि चकित्, कीर्तिपुरवाट पक्राउ गरेर ल्यायो प्रहरीले

क्याम्पस पढ्ने उमेरका यि युवायुवतीको काम देखेर प्रहरी पनि चकित्, कीर्तिपुरवाट पक्राउ गरेर ल्यायो प्रहरीले

काठमाडौ । क्याम्पस पढ्ने उमेरका यि युवा युवती छिटै धेरै पैसा कमाउने योजनामा लाग्दा प्रहरीको खोरमा पुग्नुपरेको छ । पढ्ने उमेरमा जुवा खेल्ने र खेलाउने काममा लागेका यस्ता १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा उनीहरुले जुवा खेलाउने गरेका थिए ।

ठूलो आर्थिक कारोवारमा जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायत उपकरणहरूसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई ३ वटा घरमा २४ सै घण्टा समय मिलाएर कर्मचारीसमेत राखेको देखिएको छ । त्यसरी राखिएका कर्मचारीले फेसबुकबाट अमेरिकी र युरोपेली नागरिकलाई साथी बनाई अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ ।

About admin

Check Also

आज ग्रहणको समयमा रगतको रङमा देखिनेछ चन्द्रमा, हेर्नुहोस् चन्द्रमा हेर्ने समय !

आज अर्थात् जेठ २ गते सोमबार वर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । यो पूर्ण चन्द्र …

Leave a Reply

Your email address will not be published.