Monday , June 27 2022
Breaking News
Home / समाचार / काठमाडौका यि विद्यालयलाई कारवाही गर्दै महानगरपालिका, दियो यस्तो चेतावनी

काठमाडौका यि विद्यालयलाई कारवाही गर्दै महानगरपालिका, दियो यस्तो चेतावनी

काठमाडौ । अहिले काठमाडौ लगायत मुलुकका धेरै ठाउँमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको महामारी फैलिएको छ । ओमिक्रोनको संक्रमणसंगै सरकारले सार्वजनिक क्षेत्र बन्द गर्ने घोषणा गरेको छ । तर केही क्षेत्रले भने सरकारको निर्देशन पालना नगरेका कारण त्यस्ता क्षेत्रलाई कारवाहीको तयारी थालेको छ । काठमाडौँ महानगरपालिकाकामा केही निजी विद्यालय संचालनमा छन् ।

महानगरपालिकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् ।

कोभिड भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको छ । तर केही विद्यालयहरुले सरकारको निर्देशन पालना गरेका छैनन् । विद्यालयहरुले भौतिक उपस्थितीमै पठन पाठन सञ्चालन गरेको पाएपछि कारवाहीको चेतावनी दिएको हो ।

सरकारले दिएको निर्देशनको बेवास्ता गरी महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका बताइएको छ । कामपा–१५ मा सञ्चालित फ्युचरस्टार बोर्डिङ स्कुलले बिहान र दिउँसो दुई समूहमा पठनपाठन गरिरहेको छ । त्यस्तै कामपाकै घना बस्ती रहेका अन्य केही वडामा पनि विद्यालय सञ्चालन भइरहेका जनाइएको छ ।

यस सन्दर्भमा महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन । बाह्र वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ । “महामारी बढिरहेको समयमा विद्यालय खोल्नु घातक रहेको उनको भनाई छ ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.