Sunday , May 29 2022
Breaking News
Home / मनोरंजन / सरोगेसीबाट प्रियंका र निक बने आमाबाबु

सरोगेसीबाट प्रियंका र निक बने आमाबाबु

अभिनेत्री प्रियंका चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् । शुक्रबार राति १२ बजे इन्सटाग्राम पोष्ट मार्फत उनले यसको जानकारी दिएकी हुन् । ​प्रियंकाले पोस्टमा भनेकी छन्, ‘हामी खुसी छौँ कि हामीले सरोगेसीको मद्दतले आफ्नो जीवनमा एउटा बच्चालाई स्वागत गरेका छौँ । हामी हाम्रो परिवारका लागि तपाईंहरुलाई सम्मानपूर्वक आग्रह गर्छौँ कि यस खास समयमा हाम्रो गोप्यतालाई ध्यान दिनुहोला ।’

प्रियंका र अमेरिकी गायक तथा अभिनेता निक जोनस चर्चित जोडीमध्ये एक हुन् । दुई जनाले सन् २०१८ को डिसेम्बर २ मा विवाह गरेका थिए । हालै प्रियंकाले द जोनास ब्रदर्स फ्यालिमी रोस्ट शोका दौरान निकसँग बच्चाको योजना बनाइरहेको बारेमा खुलासा गरेकी थिइन् । निका दाजुभाइको उदाहरण दिँदै उनले भनेकी थिइन्, हामी एक्लो जोडी हौँ जसको अहिलेसम्म बच्चा छैन । म सबैलाई भन्न चाहन्छु कि म र निक बच्चाको योजना बनाइरहेका छौँ । त्यसपछि उनले आफू बच्चालाई हेरेर मात्र घरमा नबस्ने पनि बताएकी थिइन् ।

यो पनि पढ्नुहोस

भिजिबिलिटीका कारण आन्तरिक उडान प्रभावित

खराब मौसमले भिजिबिलिटी कम हुँदा शनिबार बिहान आन्तरिक उडान प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँका अनुसार भिजिबिलिटीका कारण बिहान सबै उडानहरू समयमा हुन सकेका छैनन् ।

नेपालमा थप अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ । यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने भएकाले सचेत रहन भनिएको छ । यस अवधिमा तापक्रम थप गिरावट हुने, चिसो बढ्ने र हिमपातबाट हुने समस्या थपिने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम बदली बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालको प्रणाली शनिबारदेखि बाहिरिने भनिए पनि थपिएको जलवाष्पका कारण अझ बलियो बन्न पुगेको महाशाखाले जनाएको छ । जसका कारण शनिबार, आइतबार र सोमबारसम्म नै यस प्रणालीले देशव्यापी प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरी जनाएको छ ।

भर्खरै धनगढी र नेपालगञ्ज विमानस्थल खुलेको छ । पूर्वका विमानस्थलहरूमा उडान हुन सकेका छैनन्,’ गुरागाइँले भने । यता कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा यात्रुहरू कम हुन थालेको पनि उनले जानकारी दिए ।

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.