Monday , June 27 2022
Breaking News
Home / समाचार / परिवारलाई नै थाहा नदिई गायक राजु लामाले गरे यस्तो घोषणा

परिवारलाई नै थाहा नदिई गायक राजु लामाले गरे यस्तो घोषणा

काठमाडौं – गायक राजु लामाले परिवारलाई नै थाहा नदिई सगरमाथा चढ्ने घोषणा गरेका छन्। शनिबार भएको ‘द भ्वाइस किड्स’को फाइनलमा राजु लामाले आफूले सगरमाथा चढ्ने घोषणा गरेका हुन् ।

उनले आफूले मौसम परिवर्तनको मुद्दालाई लिएर सगरमाथा चढ्न लागेको र यो कुरा परिवारलाईसमेत थाहा नभएको बताए । उनले भने, यो कुरा मेरो परिवारलाई पनि थाहा छैन्, आज यहीँबाट भन्दैछु, म सगरमाथा चढ्ने चेष्टा गर्दैछु।’

‘अहिले हाम्रो हिमाल, हिम नदीहरु पग्लिएको छ। जसले थुप्रै प्राकृतिक प्रकोप ल्याएको छ। मौसमी परिवर्तनका कारणले हाम्रो जीवनमा कस्तो असर गर्छ भन्ने कुरालाई लिएर जनचेतना दिने हिसाबले सगरमाथा चढ्न लागेको हुँ।’ उनले भने । आफू नेपाली सांगितिक क्षेत्रसँगै देशको प्रतिनिधित्व गर्दै मौसम परिवर्तनको सन्देश लिएर सगरमाथा चढ्ने उनले बताएका छन् ।

यस्तै हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो ।

अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट जेनिशले ‘द भ्वाइस किड्स’को उपाधि जितेका हुन् । उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर जितेका छन् । जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गरेका थिए ।

६ बर्षदेखि १४ बर्षसम्मका बालबालिकाहरुको सहभागीता रहेको योे रियालिटी शोेमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.