मुम्बई । शाहरुख खानकी छोरी सुहाना खान चर्चामा आइरहने ‘स्टारपुत्री’ का रुपमा चिनिन्छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय सुहाना आफ्ना तस्विर र भिडियो मार्फत फ्यानसंग जोडिएकी छिन् । हालै उनले इन्स्टाग्रामको स्टोरीमा शेयर गरेको एउटा तस्विर भाइरल भयो । उनले मिरर सेल्फी इन्स्टाग्राम स्टोरीमा शेयर गरेकी थिइन् ।
सुहानाको उक्त तस्विरले धेरैलाई लोभ्यायो । उनको इन्स्टाग्राममा काफी फ्यान छन् । आफ्नो पढाइ सकिएपछि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी सुहाना अभिनय सिक्ने तयारीमा छिन् । उनका पिता शाहरुख खानले केही अघि भनेका थिए ‘कम्तिमा तीन वर्ष अभिनय सिकेर मात्रै सुहाना अभिनयमा प्रवेश गर्छिन् ।’
अन्य समाचार | काठमाडौं । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रा.लि.ले जनाएको छ ।
चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।