Sunday , May 29 2022
Breaking News
Home / रोचक / औषधिको पछाडि हुने गरेकाे रातो धर्काको अर्थ धेरैलाई थाहा नहुनसक्छ, थाहा नहुदाँ खतरनाक बन्नसक्छ !

औषधिको पछाडि हुने गरेकाे रातो धर्काको अर्थ धेरैलाई थाहा नहुनसक्छ, थाहा नहुदाँ खतरनाक बन्नसक्छ !

औषधिको पछाडि हुने गरेकाे रातो धर्काको अर्थ धेरैलाई थाहा नहुनसक्छ,थाहा नहुदाँ खतरनाक बन्नसक्छ!।हामीलाई थाहा छ कि डाक्टरको सल्लाह बिना औषधि खानु हुँदैन तर सामान्यतय टाउको दुखेदेखि झाडावान्ता हुँदा भने कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ जस्तै भइसकेको हुन्छ।

यस्तो भएमा हामी आँफै पनि औषधि खाने गरेका छौँ।यो कुरा पनि थाहा नहुनेहरूका लागि भने विज्ञ ‘मेडिकल सञ्चालक’ हुन्।हामीमध्ये कतिपयले याद गरेका हुँदैनौं कि कुनै औषधिमा विशेष संकेत पनि हुन्छ भनेर।

तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ,दुखाइ कम गर्ने क-डा औषधि र एन्टिबायोटिक्समा विशेषगरी यस्तो संकेत कोरिएको हुन्छ।

यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ।यसरी औषधीमा को-रिएको रातो धर्काको हो – डाक्टरको सुझाव वा प्रेसक्रिप्सनबिना खान नहुने।हालै भा-रतको स्वास्थ्य मन्त्रालयले पनि यसबारे जानकारी दिँदै जथाभावी औषधि नखान सुझाएको छ।

मन्त्रालयको ट्विटरमा ‘रातो धर्का भएका औषधि डाक्टरको सल्लाह बिना नखानुस्।तपाईं जिम्मेवार भए औषधिले पनि राम्रो काम गर्छ।’

मुम्बई मिररका अनुसार खासमा यो रातो धर्सा भएको औषधि मेडिकल पसलहरूमा पनि डाक्टरको सुझाव लेखिएको पत्रबिना बेच्न पाइँदैन त्यसैले ध्यान पु-याउनुहाेस्,चे-तावनी सहित आएको औषधि यसै खाँदा ज्या-नलाई राहतको साटो जो-खिम बढ्न सक्छ।

डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यस्ता छन् खतराहरु- यी तरिका अपनाउनुस्

काठमाडौं– दैनिक दाँत माझ्नु सामान्य कुरा हो । खाना खाइसकेपछि तथा बिहान र बेलुका दाँत माझ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर दाँत कसरी माझ्ने भन्ने विषय सवैलाई थाहा हुँदैन ।

खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्नुपर्छ ।

शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले शरीर स्वस्थ राख्न दाँत र मुखको सफाइमा विषेश ध्यान दिनु जरुरी छ ।

हामीले खाएका हरेक खानेकुराका स–साना टुक्रा दाँतमा अड्किएका हुन्छन् । गिजामा टासिएका हुन्छन् । यसको कारण दाँत किराले खाने, गिजा सुनिने, मुखमा घाउ–खटिरा आउने, गिजाबाट रगत आउने जस्ता समस्या देखिन्छन् ।

हामीले खाना खाँदा सम्म मात्र त्यो खाना हो । जब त्यो हाम्रो दाँतमा अड्केर बस्छ तब त्यो विष बन्छ । त्यसैले दाँतमा अड्किएको फोहोरलाई सफा गर्नको लागि हामीले ब्रसको प्रयोग गर्नुपर्छ । दाँत माझ्नु पर्छ ।

दिनको दुई पटक बिहान खाना खाएपछि र बेलूका खाना खाएपछि दाँत माझ्ने गर्नुपर्छ । अरु बेलामा खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ । दाँत माँझ्दा नरम ब्रसको मात्र प्रयोग गर्नुपर्छ । एक पटकमा चार देखि पाँच मिनेट लगाएर सफा गर्यौ भने मुख तथा दाँतमा हुने ८० देखि ८५ प्रतिशत रोगहरुबाट मुक्त भइने डा. बुढाथोकी बताउँछन् ।

दातलाई स्वस्थ राख्न अति चिसो, अति तातो, अति नरम, अति गुलियो र अति अमिलो खाने कुराहरुलाई नियन्त्रण गर्नुपर्छ । सकेसम्म यस्ता खानेकुरा खान छोड्नुपर्छ । सन्तुलित खाना, हरियो साग–सब्जी, दुध तथा दुधजन्य पदार्थ र रेसा जन्य खानेकुराहरु बढी खाने गर्नुपर्छ ।

दाँतको रङ पहेलो छ भने ब्लिच गर्दा र पटक-पटक स्केलिङ गर्दा दाँत झनै कमजोर हुने उनले बताए । उनले भने, ‘दाँत माझ्ने बेलामा सामान्य सिद्धान्तहरु पनि अपनाएका हुँदैनौं । नेपालमा ९० प्रतिशत भन्दा बढिले दाँत माझेको समय र तरिका मिल्दैन । दाँत माझ्ने सामान्यभन्दा सामान्य तरिका पनि सबैले थाहा पाएका हुदैनन् ।’

About admin

Check Also

एमालेको निष्कर्ष: सुनितालाई उपमेयरमा उठाउनु गल्ती भयो

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरिसकेको छ । स्थापितको …

Leave a Reply

Your email address will not be published.