Saturday , May 28 2022
Breaking News
Home / समाचार / आज राति १२ बजेबाट लागु हुने गरी लकडाउन घोषणा , सूचना सहित हेर्नुस

आज राति १२ बजेबाट लागु हुने गरी लकडाउन घोषणा , सूचना सहित हेर्नुस

काठमाडौं । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनो संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलवार रातिदेखि लागू हुने गरेर निषेध आदेश जारी गरेको छ ।

राति १२ बजेबाट लागु हुने गरी जारी गरिने निषेधाज्ञामा आमसभा, जुलुस, भेला लगायतका गतिविधि माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । साथै सिनेमा हल, दोहोरी साँझ डान्सबारहरूलगायतका मनोरञ्जनका क्षेत्रहरू माघ १५ सम्म वन्द गरिएको छ ।

भौतिक उपस्थितिमा कार्यक्रम गर्नुपरे कार्यक्रममा सहभागी सबै कोरोना विरुद्धको खोप लगाएको व्यक्ति हुनुपर्ने र सबैले अनिवार्य रपमा खोप लगाएको कार्ड साथमा राख्नुपर्ने प्रशासनले आदेश दिएको छ । साथै यस्तो कार्य्रममा २५ जना भन्दा बढी सहभागी नहुन प्रशासनले आग्रह गरेको छ ।

साथै विद्यालयहर पनि माघ १५ गते सम्म बन्द गरिएको छ । माघ ७ गतेदेखि सबै सार्वजनिक निकायका सेवा प्राप्त गर्न खोपकार्ड ९मोबाइलमा फोटो भए पनि हुने अनिवार्य गरिएको छ ।

जुनसुुकै क्षेत्रमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण भएपनि पाँच दिन क्वारेन्टिन बस्ने र ५ दिनपछि कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ

आएमात्र काममा आउनुपर्ने, तथा स्थाको साधारण सभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपूरक संख्या मान्नुपर्नेलगायतका आदेश गरिएको छ ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.