Monday , June 27 2022
Breaking News
Home / समाचार / थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै थप आठ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ।

यो पनि पढ्नुहोस
दक्षिण कोरियामा कोरोनाका दैनिक संक्रमित अहिलेसम्मकै बढी

काठमाडौं- दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी संक्रमित देखिएका छन्। यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा ८ हजार ५७१ जना संक्रमित थपिएका छन्।

यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ। उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा बढी पुगेको छ।

कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ। यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ।

यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन्। त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.