Sunday , May 22 2022
Breaking News
Home / समाचार / काठमाडौंका ३ सिडिओको बैठकले फेरि गर्यो नयाँ निर्णय, बन्द गर्न आदेश

काठमाडौंका ३ सिडिओको बैठकले फेरि गर्यो नयाँ निर्णय, बन्द गर्न आदेश

काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीको बैठकले शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेका छन् ।नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि उनीहरुले यस्तो निर्णय गरेका हुन् । बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका सङ्ग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले बताए ।

राजधानीमा हनुमानढोका दरबार सङ्ग्रहालयका साथै मुख्यरुपमा राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय, नारायणहिटी दरबार सङ्ग्रहालय, भक्तपुर र पाटन दरबार सङ्ग्रहालयलगायत सङ्ग्रहालय छन् ।

कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि सङ्ग्रहालय पनि बन्द गर्न लागेको हो । अर्को सूचना जारी नभएसम्म सङ्ग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्टका क्रममा संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो

भेटियन्टबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन्

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.