Wednesday , May 18 2022
Breaking News
Home / समाचार / कोरोना महामारी : दैनिक एक हजार बढी मृत्यु हुने अमेरिका एक्लो मुलुक

कोरोना महामारी : दैनिक एक हजार बढी मृत्यु हुने अमेरिका एक्लो मुलुक

विश्वमा पछिल्लो २४ घण्टामा ३४.५८ लाख नयाँ सङ्क्रमित फेला परेका छन् । यही अवधिमा १० हजार ५१६ जनाले ज्यान गुमाएका छन् । नयाँ सङ्क्रमितको मामिलामा अमेरिकामा ५.२२ लाख केससँग शीर्ष स्थानमा रहेको छ । ३.५३ लाख नयाँ केससहित फ्रान्स दोस्रो र २.५७ लाख सङ्क्रमितसँगै ब्राजिल तेस्रो स्थानमा रहेको छ ।

सङ्क्रमणको कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । त्यहाँ एकै दिन २ हजार ८०५ जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्याको मामिलामा पनि अमेरिका शीर्ष स्थानमा रहेको छ । विश्वभर ७.२६ कोड सक्रिय सङ्क्रमित रहेकोमा अमेरिकामा मात्र २.८६ करोड रहेका छन् । अहिलेसम्म ३७.२१ करोड मानिस सङ्क्रमणको चपेटामा आइसकेका छन् । यसमध्ये २९.३७ करोड निको भएका छन् भने ५६.७२ लाखले आफ्नो ज्यान पनि गुमाएका छन् ।

अहिले अमेरिका एक्लो देश बनेको छ जहाँ हरेक दिन १ हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् । त्यहाँ शुक्रबार २ हजार ८०५ तथा बिहीबार ३ हजार १२४ जना सङ्क्रमितले ज्यान गुमाएका थिए । अमेरिकामा ओमिक्रोनको कारण मृत्युको सङ्ख्या बढिरहेको छ । डेल्टा सङ्क्रमणको दौरान अमेरिकामा साप्ताहिक मृत्युको औसत २१ सय रहेको थियो भने बिहीबार यो औसत २ हजार २६७ पुगेको थियो ।

About admin

Check Also

सार्वजानिक यातायात चढ्नेहरुकाे लागि एका बिहानै आयाे यस्ताे दु:खि बनाउने खबर !

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले …

Leave a Reply

Your email address will not be published.