काठमाडौँ । वास्तुशास्त्रका अनुसार घरका सबै दिशा महत्वपूर्ण मानिने गर्दछन्। पश्चिम एवम् उत्तरको मध्यमा स्थित उत्तर पश्चिम दिशालाई वायव्य कोण मानिने गरिन्छ।
उत्तर पश्चिम दिशाले हामीलाई दीर्घायु, स्वास्थ्य एवम् शक्ति प्रदान गर्दछ। यस दिशालाई व्यवहार परिवर्तनको सूचक मानिने गरिन्छ।
यदी उत्तर पश्चिम दिशा खराब छ भने मित्र पनि शत्रु बन्ने गर्दछन्। यसका साथै सकारात्मक उर्जा पनि नास हुने गर्दछ। आयु खट्ने गर्दछ।
जातकको राम्रो व्यहारमा परिवर्तन हुने गर्दछ र घमण्ड बढ्दै जान्छ। आउनुहोस् जानौँ उत्तर पश्चिम दिशासँग जोडिएका केही महत्वपूर्ण कुराः
यदी तपाईको घरमा नोकर छन् भने उनीहरुको कोठा उत्तर पश्चिम दिशाको हुनु पर्दछ। घरको उत्तर पश्चिम दिशामा विवाहित महिला सुत्नु राम्रो मानिदैन। यस दिशामा सुत्दा महिलाले अर्को घर बसाल्ने सपना देख्ने शास्त्रमा उल्लेख गरिन्छ।
उत्तर पश्चिम दिशामा कुमारी कन्या सुत्नु राम्रो मानिन्छ। यसो गर्दा विवाहको योग बन्ने गर्दछ।
शौचालयका लागि उत्तर पश्चिम दिशा वा दक्षिण दिशा मध्ये कुनै एक स्थान उपयुक्त मानिन्छ। यद्यपी शौचालकको सिट यस्तो हुनुपर्छ जसमा बस्दा मानिसको मुख दक्षिण वा उत्तर तिर फर्किनु पर्दछ।
बच्चालाई पढाईका लागि उनीहरुको स्टडी टेबल, चेयर जस्ता कुरा ईशान, उत्तर वा उत्तर वायव्य कोणमा राख्न आवश्यक छ। जबकी किताबको दराज पश्चिम वा दक्षिण दिशामा राख्नु शुभ हुन्छ।
ध्यान राख्नुहोस् टेबल बत्ति सधैँ टेबलको दक्षिण पूर्व दिशामा राख्नुपर्छ।
उत्तर पश्चिम दिशामा दोषका लागि एक सानो फब्वारा वा सुनौलो माछाको घर स्थापना गर्नु राम्रो मानिन्छ। जुन भाँडोमा ८ वटा सुनौलो माछा र एक कालो माछा राख्नु शुभ हुन्छ।