काठमाडौं । अपराध अनौठा छन् । अपराधका लागि मानिसहरुपनि जे जति खर्च गर्नपनि तयार छन् । अझ धनको लोभमा मानिसहरु जे गर्नपनि तयार छन् । कोरोनाविरुद्धको खोप नलगाएकालाई खोप कार्ड बेचेर १५ लाख डलर अर्थात १८ करोड नेपाली रुपैयाँ कमाउने न्युयोर्कको लङ आइल्याण्डका दुई नर्स पक्राउ परेको खबर अहिले भाइरल छ ।
अमेरिका जस्तो देशमा त पैसाका लागि यतिहदसम्म भइरहेको छ भने गरिब देशहरुमा के भइरहेको होला ? अनुमान मात्र गर्न सक्छौ । न्युयोर्कको राज्यको डाटावेसमा खोपा नलगाएकाहरुको विवरण पनि खोप लगाएको भन्दै राखेर कार्ड बेच्ने २ जना नर्सहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेपछि यो सनसनीपूर्ण तथ्य बाहिर आयो ।
४९ वर्षकी जुली डेबुनो र ४४ बर्षकी मारिसा उराओलाई पक्राउ गरिएको अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरु वाइल्ड चाइल्ड पेडियाट्रिक हेल्थ केयरमा कार्यरत रहदै आएका थिए भने डेबुनो त्यसकी संचालक समेत हुन्।
उनीहरुले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को जनवरीसम्म ३ महिनाको अवधिमा भ्याक्सिनकार्डहरु बेचेका थिए। बयस्कलाई २२० डलरमा र बालबालिकाहरुका लागि ८५ डलरमा कार्ड बेचिएको थियो। उनीहरुले सरकारी गुप्तचरहरुलाई पनि नक्कली कार्ड बेचेपछि फन्दामा परेका हुन्। गुप्तचरहरु ग्राहकको भेसमा त्यहाँ पुगेका थिए।
उनीहरुको साथबाट ९ लाख डलर नगदसमेत बरामद गरिएको छ। साथै घरमा भेटिएको एउटा खातामा कार्ड बेचेर १५ लाख डलर नाफा गरेको विवरण समेत उल्लेख गरिएको थियो।