१९ माघ, काठमाडौं । वैज्ञानिकले बनाए विशेष लेप मानिसका लागि उसका शरीरका अंगहरु सर्वाधिक महत्वपूर्ण तथा आवश्यक हुन्छन्। नहोस् पनि किन ? सबै अंगका आ आफ्ना काम हुन्छन् र महत्व हुन्छ ।
यदि शरीरको कुनै अंग वा भाग काम नलाग्ने भयो वा कुनै दुर्घटनामा शरीरको कुनै अंग गुम्यो भने मानिसको जीवन निकै कष्टपूर्ण बन्दछ। तर अब वैज्ञानिकहरुले यसरी गुमेका अंगहरुको समस्या समाधानका लागि अकल्पनीय उपाय पत्ता लगाएका छन्।
वैज्ञानिकहरुले एउटा यस्तो लेप बनाएका छन् जसले मानिसका काटिएका अंगहरुलाई पुनः पलाउनेछ।
अहिलेसम्म माउसुली लगायतका केही जिवहरुमा मात्र यसरी काटिएका अंग पुनः पलाउन सक्ने क्षमता देखिएको छ, तर मानिसमा त्यो सम्भव थिएन । तर वैज्ञानिकहरुले तयार भएको उक्त लेप औषधिको प्रयोगबाट मानिसएका काटिएका अंगहरु माउसुलीको पुच्छर जस्तै पुनः पलाउने बताइएको छ। वैज्ञानिकहरुले उक्त लेप औषधिको परीक्षणमा समेत सफलता प्राप्त गरेका छन् र त्यो प्रयोग भ्यागुतामा गरिएको छ ।