Saturday , May 28 2022
Breaking News
Home / समाचार / धादिङको गल्छीमा कस्तो छ अवस्था ?

धादिङको गल्छीमा कस्तो छ अवस्था ?

काठमाडौं, माघ २० । धादिङको गल्छीमा पासाङल्हामु यातायात बसले १ पैदल यात्रुलाई ठक्कर दिदा १ पैदल यात्रु सिकिस्त घाइते भएका छन । प्रत्यक्षदर्शीको भनाइ अनुसार घाइते हुनेमा स्थानीय बाबुराम ढकाल हुन ।

काठमाडौ देखि नुवाकोट जादै गरेको ग १ ख ९४४१ नम्बरको यात्रु बाहक बसले पैदल यात्रुलाई ठक्कर दिए पछि गल्छी बजार अस्तब्यस्त भएको छ । घटनाबारे विस्तृत विवरण अझै आउन बाकी रहेको छ ।

यस्तै, नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित गणेशटोलमा रहेको धादिङ कपास प्रशोधन उद्योगमा बुधबार आगलागी भएको छ ।

आगलागी हुँदा कपास उद्योगमा पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट करिब १४ लाख बारबरको क्षति भएको उद्योग संचालक शंकर पौडेलले जानकारी दिनुभयो।

उद्योगमा एक्कासी राति १०ः३० बजेदेखि आगोलागि सुरु भएको थियो। नीलकण्ठ नगरपालिकाको दमकल विग्रिएको कारण धुनिबेसी नगरपालिकाबाट बोलाईएको दमकल आउन ढिलाई हुँदा धेरै क्षति भएको संचालक पौडेलले बताउनुभयो।

स्थानीयवासी, प्रहरी र धुनिबेसी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । उद्योगले पुराना लत्ताकपडाबाट कपास उत्पादन गरेर सिरक डसना बनाउदै आएको थियो ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.