काठमाडौ । अब तपाई पनि यदि बैंकमा ७ लाख माथिको कारोवार गर्दै हुनुहुन्छ भने तपाईलाई राष्ट्र बैंकले निगरानीमा राख्ने भएको छ । अवैध डलरको कारोवार बढेको भन्दै राष्ट्र बैंकले अब ठूलो रकमको कारोवार गर्नेलाई निगरानीमा राखेको हो । बैंकमा ठूलो कारोबार गर्नेहरुलाई नेपाल राष्ट्र बैंकले निगरानीमा राख्ने भएको छ।
क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य गर्नेहरु धमाधम पक्राउ पर्न थालेपछि राष्ट्र बैंकले निगरानी बढाएको हो । कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो।
अब तपाईले ७ लाख भन्दा माथिको बैंक कारोवार गर्दै हुनुहुन्छ भने त्यसको स्रोत खुलाउनु पर्नेछ । यसका लागि वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले बुधबार पत्रमार्फत जानकारी मागिसकेको छ। नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे २७ वटै बैंकहरुलाई जानकारी दिन भनेको छ।
खासगरी सम्पत्ति शुद्धीकरण तथा आ तं कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि यो अध्ययन गर्नुपरेको उसको भनाइ छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको छ।
बुधबार बैंकहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘बैंकबाट साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउनुहुन अनुरोध छ।’ तथ्याङ्क उपलब्ध गराउँदा ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण माग गरिएको छ। त्यसको लागि केन्द्रीय बैंकले ढाँचा नै पठाएको छ।
ढाँचामा बैंकको खातावालाको नाम, खाता नम्बर, प्रयोग भएको डेबिट÷क्रेडिट कार्ड, कारोबार भएको रकम, कारोबार भएको मिति, कारोबार गर्ने÷गराउनेको विवरण र उल्लेख भएको कैफियत पठाउन भनिएको छ। केही दिनयता भर्चुअल मुद्राको कारोबार गरेको आरोपमा धमाधम व्यक्तिहरु पक्राउ परिरहेका छन्।