Wednesday , June 29 2022
Breaking News
Home / समाचार / आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज,कुन कुन ठाउमा हेर्नुहोस

आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज,कुन कुन ठाउमा हेर्नुहोस

काठमाडौं– बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ। सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने जनाइएको छ।

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए।

उनका अनुसार जिल्लाका दस वटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ। सरकारी नीतिअनुरुप जिल्लामा खोपको उपलब्धता हेरेर सबै ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने उनले बताए।

यसअघि महामारीका बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायत गरी करिब तीन हजारलाई बुस्टर डोज दिइएको थियो। कोभिशिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन्।

पहिले जुनसुकै खोप लगाएको भए पनि अहिले कोभिसिल्डकै बुस्टर मात्रा दिन मिल्ने गरी नयाँ खोप वितरण नीति तय भएको सुपरभाइजर खत्रीले बताए।

About admin

Check Also

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। …

Leave a Reply

Your email address will not be published.