Saturday , May 28 2022
Breaking News
Home / समाचार / कोरोनाका कारण स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु गर्भवती

कोरोनाका कारण स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु गर्भवती

काठमाडौं। कोरोनाभाइरसका कारण लकडाउन भएर स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु गर्भवती भएका घटनाहरु बढेका छन् । अफ्रिकी देश जिम्बाब्बेमा कोरोनाभाइरसको महामारी फैलिएपछि ६ महिनासम्म गरिएको लकडाउनमा धेरै स्कुले बालिकाहरु गर्भवती भएको पाइएको हो ।

जिम्बाब्बेको ग्रामीण क्षेत्रमा बस्ने १३ वर्षकी भर्जिनिया मावुंगा ३ महिनाका छोरा तवनन्याशाकी आमा हुन् । उनको पूरै दिन कुवाबाट पानी ल्याउने, सडकछेउमा फलफुल र तरकारी बेच्ने, खाना बनाउने, सरसफाइ गर्ने, कपडा धुने काममा बित्छ । आफ्ना यी कामका बीच भर्जिनिया आफ्ना ४ जना भाइबहिनीलाई स्कुलको लागि तयार पार्छिन् र उनीहरु फर्किएपछि उनहिरुलाई होम वर्क गर्न सनि सहयोग गर्छिन् ।

आफ्ना भाइबहिनीलाई स्कुलको काममा सघाउँदा भर्जिनियालाई सबैभन्दा धेरै पीर पर्छ किनकि अहिले उनी केवल १३ वर्षकी छिन् । यो उमेरमा उनी स्कुलमा हुनुपर्ने थियो । भर्जिनिया भन्छिन् ‘अब यही मेरो पूरै जिन्दगी हो ।’ कोभिड महामारीको क्रममा जिम्बाब्बे र अन्य दक्षिणी अफ्रिकी देशमा कम उमेरका किशोरीहरुले गर्भधारण गर्ने क्रममा उच्च वृद्धि देखिएको छ । भर्जिनिया उनै किशोरीमध्ये एक हुन् । जिम्बाब्बे लामो समयदेखि कम उमेरका किशोरी गर्भवती हुने र बाल विवाहको समस्यासँग जुधिरहेको छ ।

रिपोर्टअनुसार कोभिड १९ महामारी सुरु हुनुभन्दा पहिले पनि यहाँ हरेक ३ मध्ये एक किशोरीको विवाह १८ वर्ष नपुग्दै गरिन्थ्यो । किशोरीहरु गर्भवती हुने, बाल विवाहका विषयमा कडा कानुन नहुनु, गरिबी, सांस्कृतिक र धार्मिक प्रथा जस्ता कैयौं कारणले यस्तो हुने गरेको छ । कोभिड महामारीले यो स्थितिलाई झनै खराब बनाइदिएको छ । डेढ करोड जनसंख्या भएको यो देशमा मार्च २०२० मा कडा लकडाउन लगाइयो र बीचबीचमा छुट दिइयो । लकडाउनका कारण किशोरीहरुमा निकै खराब असर पर्यो । उनीहरुलाई गर्भ निरोधक र अस्पतालको सुविधा दिइएन ।

कार्यकर्ता र अधिकारीहरुका अनुसार यीमध्ये कैयौं किशोरीहरु यौन शोषणको शिकार भए वा उनीहरुले विवाह र गर्भावस्थालाई गरिबीबाट बाहिर निस्किने एक तरिका माने । देशमा कम उोरका किशोरीहरु गर्भवती हुने क्रम बढेपछि जिम्बाब्बेको सरकारले अगष्ट २०२० मा आफ्नो कानुन संशोधन गरेर गर्भवती किशोरीलाई पनि स्कुल जान अनुमति दियो । कार्यकर्ता र अधिकारीहरुले यसको प्रशंशा गरे र यसलाई आशाको रुपमा हेरे ।

तर, यो नीति पूर्ण रुपमा असफल रह्यो । गर्भवती किशोरीहरु कानुन संशोधनपछि पनि स्कुल फर्किएका छैनन् । पैसाको कमी, सामाजिक प्रथा, कक्षामा सताइने जस्ता कारणले उनीहरु फेरि स्कुल जान सकिरहेका छैनन् । कानुन संशोधनपछि गर्भवती भर्जिनियाले पनि फेरि स्कुल जाने कोसिस गरेकी थिइन् । अधिकारीहरुले उनी र उनका मातापितालाई प्रोत्साहित पनि गरेका थिए तर त्यसपछि आसपासका मानिसहरुले भर्जिनियाको मजाक उडाउन थाले ।

पर्पल युनिफर्ममा आफ्नो एक तस्वीर देखाउँदै भर्जिनियाले समाचार एजेन्सी एपीसँग भनिन् ‘मानिसहरु ममाथि हाँस्थे । केही मानिसहरुले मतिर देखाएर मजाकमा सोध्थे – तिम्रो पेटलाई के भयो ?’ भर्जिनियाले यो सब भएपछि स्कुल फर्किने सपना छाडिन् र आफ्नो युनिफर्मलाई २ डलरमा बेचिदिइन् ताकि यो पैसाले बच्चाको कपडा र अरु सामान किन्न सकियोस् ।

भर्जिनियाका अनुसार उनलाई जसले गर्भवती बनाएका थिए उनले आफूसँग बिहे गर्छन् भन्ने आशा थियो । ती व्यक्तिले भर्जिनियासँग बिहेको बाचा पनि गरेका थिए । तर पछि उनले धोका दिए र बच्चाको पालनपोषण गर्न अस्वीकार गरे । जिम्बाब्बेका यौन सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १६ वर्ष हो । यसका बावजुद भर्जिनियाका मातापिताले ती व्यक्तिविरुद्ध बलात्कारको मुद्दा धेरै अगाडि बढाएनन् ।

जिम्बाब्बेमा १६ वर्षभन्दा कम उमेरका किशोरीसँग शारीरिक सम्बन्ध राख्ने वा कुनै किसिमको यौनजन्य गतिविधि गरेमा जरिवाना वा १० वर्षसम्म जेल सजाय हुन सक्छ । तर, धेरैजसो घटनामा कुनै मुद्दा दर्ता गरिँदैन । पुलिसका प्रवक्ता पल न्याथीका अनुसार परिवार र अधिकारीहरुले लामो समयदेखि यस्ता घटना लुकाउँदै आएका छन् । नाबालिकलाई नै विवाहको लागि बाध्य पारिन्छ । परिवारले प्रायः दोषीसँग सम्झौताको प्रयास गर्छन् ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.