Wednesday , May 18 2022
Breaking News
Home / समाचार / कोरोना संक्रमणको बढ्दो जोखिम :परीक्षण नै नगराई धेरै नागरिक एकान्तबासमा

कोरोना संक्रमणको बढ्दो जोखिम :परीक्षण नै नगराई धेरै नागरिक एकान्तबासमा

कोरोना संक्रमणको बढ्दो जोखिम :परीक्षण नै नगराई धेरै नागरिक एकान्तबासमा। केही हप्तादेखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको को*रोना भाइरस संक्रमणका कारण यहाँका स्थानीयवासी सास्ती खेप्न बाध्य छन् ।

अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका बिरामीको संख्या बढ्दो छ । आफू को*रोना संक्रमित भएको आशङ्कामा यस्तो लक्षण भएका धेरै व्यक्ति नमूना परीक्षण नगराई घरकै एकान्तवासमा बस्न बाध्य भएका छन् ।

यतिबेला हरेक घरमा यस्ता लक्षण भएर थलिएका कतिपयले नमूना परीक्षण गराए पनि धेरै नागरिक नमूना परीक्षणबिना नै एकान्तवासमा छन् । ‘नमूना जचाउँदा कोरोना ‘पोजेटिभ’ देखाइहाल्छ, यो भन्दा घरकै एकान्त कोठामा बस्न उचित ठानेकाले नमूना परीक्षण नगराएरै बसेको छु’, धनगढीका एक स्थानीयवासीले भने ।

नमूना सङ्कलन केन्द्रसम्म पुगेर नमूना दिन जाँदा लाग्ने भीडले संक्रमित भइने डर नागरिकमा देखिन्छ । धनगढीमा भेटिएकी कञ्चनपुर कृष्णपुर नगरपालिका–९ की रोमती चौधरीले रुघाखोकी ज्वरोको समस्याले आफ्नो घर परिवारका सदस्य पालैपालो बिरामी पर्दा सबैलाई घरेलु उपचार गरेर सञ्चो पारिएको बताइन् ।

उनले भनिन्, ‘यति बेला गाउँमा धेरै व्यक्ति को*रोना भाइरस संक्रमणमणजस्तै लक्षण देखिएर ज्वरोले थलिएका छन्, नमूना परीक्षण नगराउँदै धेरै व्यक्ति सञ्चो पनि भइरहेका छन् ।’ यो लक्षण को*रोना भाइरसको नयाँ भेरियन्टकै कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । हाल फैलिएको को*रोनाको ओमिक्रोन भेरियन्टको संक्रमणमण दर डेल्टा भेरियन्ट भन्दा छ/सात गुणाले बढी हुने गरेको बताइएको छ ।

अहिले फैलिएको कोरोना भा*इरसलाई धेरै नागरिकले सामान्य रुपमा लिँदा पनि यसको संक्रमणदर बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘को*रोना फैलिएको सुरुको वर्ष मानिस निकै डराएका थिए’, कैलालीका असिफ अन्सारीले भने, ‘मानिसमा अब भने विस्तारै को*रोनाको डर हराउँदै गएको देखिन्छ ।’ स्थानीय प्रशासनले को*रोना रोकथामका लागि निषेधाज्ञा जारी गरे पनि त्यसको पालना गर्ने गराउनेमा नागरिकबाट लापरबाही भइरहेको छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.