Wednesday , May 18 2022
Breaking News
Home / समाचार / गृह मन्त्रालय भित्रको अर्को काण्ड बाहिरियो, थाहा पाउने सबै चकित

गृह मन्त्रालय भित्रको अर्को काण्ड बाहिरियो, थाहा पाउने सबै चकित

काठमाडौ। गृह मन्त्रालयमा कार्यालयका केही कर्मचारीले सहसचिवको किर्ते हस्ताक्षर गरेर भत्ता लिएका छन्। भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका हुन्।

मन्त्रालयले किर्तेमा संलग्न तीनजना करारका कर्मचारीलाई हटाएको छ। गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन्।

उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मीरा घिमिरे र निशा पुनलाई मन्त्रालयले हालै हटाएको हो। लामो समयदेखि उनीहरूले त्यसरी भ्रमण काजको आदेश आफैँ स्वीकृत गरी भत्ता लिँदै आएको खुलेको छ।

जुनसुकै सहसचिवले पनि भ्रमण काजको आदेश स्वीकृत गर्न सक्ने भएकाले उनीहरूले विभिन्न सहसचिवको हस्ताक्षर किर्ते गरेका हुन्। गत २ पुसमा सहसचिव हुमकला पाण्डेको किर्ते हस्ताक्षर भई भ्रमण भत्ता भुक्तानीका लागि लेखाशाखा पुगेको थियो।,

लेखाशाखाका कर्मचारीले शंका लागेर सोध्दा कार्यालय सहयोगी शाहीले किर्ते गरेको खुलेको हो। त्यसअघि पनि पटकपटक उनले आफ्नो तथा अन्य कार्यालय सहयोगीको नाममा त्यसैगरी पैसा लिँदै आएको खुलेको छ।

सहसचिवकै किर्ते गर्नेलाई हटाए पनि घटनालाई गुपचुप राखी मन्त्रालयले कानुनी कारबाहीतर्फ चासो दिएको छैन। आफूले कर्मचारीलाई भ्रमण काजमा नपठाउने तर आफ्नोसमेत हस्ताक्षर किर्ते गरिएको सहसचिव पाण्डेले बताइन्।

त्यसमा संलग्न कर्मचारीलाई मन्त्रालयले कारबाही गरिसकेको छ, उनले भनिन्। तर श्रोतका अनुसार कानुनि प्रक्रियामा गैसकेपछि यो केशमा अरु संग्लन कर्मचारी समेत तानिने हुनाले गुचुप रखिएको छ।

तेस्तै, गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई घर, अपार्टमेन्ट, फ्ल्याट वा कोठा भाडामा नदिन आग्रह गरेको छ। आधिकारिक परिचयपत्र नभएकालाई कामकाजमा समेत नलगाउन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ।

कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको मन्त्रालयले बताएको छ। कोही पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ।

तेस्तै, सरकारले हचुवाको भरमा ११ जिल्लाको प्रहरी प्रमुखमा एसएसपीलाई खटाउने तयारी गरेको छ। ठूला सहर रहेका जिल्लामा एसएसपी थप्ने गृहकार्य गृह मन्त्रालयले अघि बढाएको छ।

दरबन्दी थप्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने प्रहरी नियमावलीमा भएपछि त्यस्तो सर्वेक्षण गरिएको छैन। केही प्रहरी अधिकारीको स्वार्थमा ठाडो प्रस्तावमा दरबन्दी थप्ने प्रयास भइरहेको स्रोत बताउँछ ।

हाल ती जिल्लामा प्रहरी उपरीक्षक एसपीले नेतृत्व गर्दै आएका छन्। गृह मन्त्रालयले नै दरबन्दी थपसम्बन्धी अग्रसरता लिएपछि प्रहरी प्रधान कार्यालयले यसका लागि औपचारिक प्रस्ताव अघि बढाएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

यसमा खासगरी राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृतहरूको लबिङ रहेको स्रोत बताउँछ। कांग्रेससँगको निकटताकै कारण उनीहरू प्रहरीमा आएका थिए। ११ वटा जिल्लामा र बाँकी सातवटा प्रहरी प्रधान कार्यालयमा गरी एसएसपीको १८ दरबन्दी थप्ने प्रस्ताव अघि बढाइएको छ। त्यसमध्ये केही प्राविधिक पद छन्।

अर्थमै रोकियो प्रहरी नियमावली: उच्च तहमा हतार–हतार दरबन्दी थप भइरहँदा प्रहरीमा तल्लो तहका कर्मचारीको समस्या समाधान गर्न उद्देश्यले अघि बढाइएको नियमावली संशोधन प्रक्रिया भने अर्थ मन्त्रालयमै रोकिएको छ। नियमावली संशोधनका लागि गत असारमै गृह मन्त्रालयले अर्थ मन्त्रालयको सहमति खोज्दै पठाएकोमा हालसम्म अर्थले त्यसमा निर्णय दिएको छैन।

About admin

Check Also

सार्वजानिक यातायात चढ्नेहरुकाे लागि एका बिहानै आयाे यस्ताे दु:खि बनाउने खबर !

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले …

Leave a Reply

Your email address will not be published.