अब नागरिकता बनाउन जिल्ला धाउन नपर्ने भएको छ । सरकारले स्थानीय तहबाटै नागरिकता दिने व्यबस्था मिलाउन लागेको छ ।
सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना प्रस्तुत गर्दै गृहसचिव टेकनारायण पाण्डेले व्यक्तिगत विवरण लगायतका विषयलाई सम्बोधन गर्न लागि वडास्तरबाटै नागरिकता दिने तयारी थालेको बताएका हुन्
जन्मदेखिका सबै विवरणहरूको तथ्यांकसहितको विशेष कार्ड उपलब्ध गराएर त्यसैका आधारमा स्थानीय तहबाटै नागरिकता बनाउने तयारी गरेको उनले बताए ।
हामीले नागरिकतालाई सहज र व्यवस्थित बनाउन कसरी सकिन्छ भन्ने अध्ययन गरेर सबैभन्दा उत्कृष्ट विषयलाई कार्ययोजनामा ल्याएका छौं,’ सचिव पाण्डले भने ।
अहिले खुला सिमानाका कारण नागरिकताको विषय उठेता पनि त्यसलाई व्यवस्थित गर्न नयाँ प्रविधिमैत्री विधि अपनाउन लागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
नागरिकता खुला सिमानाका कारणले गर्दा चु’नौती पनि छ तर नागरिकता नदिँदा अझ सम’स्या थपिन्छ, त्यसलाई राष्ट्रिय परिचय पत्रसँग जोडेका छौं,’ प्रवक्ता पोखरेलले भने ।
अहिले वंशजको नागरिकताका सम’स्याहरू देखिएकाले त्यसलाई सम्बोधन गर्न र तथ्यांक केन्द्रीकृत गरेर केन्द्रबाट पनि निगरानी राख्नको त्यस्तो गर्न लागेको गृह मन्त्रालयले जनाएको छ ।