Sunday , May 22 2022
Breaking News
Home / स्वास्थ्य / बिहानै खाली पेटमा पानी पिउने गर्नुभएको छ?यस्तो बन्दै छ हजुरको शरीर

बिहानै खाली पेटमा पानी पिउने गर्नुभएको छ?यस्तो बन्दै छ हजुरको शरीर

मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि । तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ ।के तपाईलाई थाहा छ ? बिहान खाली पेटमा मनतातो पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।

पानी कुनै रोगको उपचार नभए पनि यसले पेटको सफाइ गर्ने काम गर्छ। हो, विभिन्न शोध तथा अध्ययनले देखाएअनुसार तपाइले बिहानै मनतातो पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट छुट्कारा समेत पाउनुहुनेछ । प्रशस्त पानी पिउँदा शरीरको फोहोर र विषाक्त पदार्थ पसिना र पिसाबका रूपमा बाहिर निस्कन्छ ।

बिहान उठेर पानी पिउनुका फाइदाहरु:बिहान सबेरै खाली पेटमा मनतातो पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । र राम्ररी रक्तसञ्चार हुन पाउँछ ।यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन शुरु गरिहाल्नुस् । यसबाट तौल कम गर्न सकिन्छ ।

बिहानै उठेर पानी पिउँदा शरीरको रगत समेत सफा हुन्छ ।शरीरले पोषक तत्व सजिलै प्राप्त गरी पाचन प्रक्रिया पनि राम्रो हुन्छ।बिहान उठेर पानी अवश्य पिउनुस् किनकी बिहान हाम्रो दिमाग शान्त हुन्छ ।

About admin

Check Also

के राति सुत्दा मुखबाट र्‍याल चुहिन्छ ? सावधान ! हुनसक्छ यस्तो बिमारीको संकेत !

के राति सुत्दा मुखबाट र्‍याल चुहिन्छ ? सावधान ! हुनसक्छ यस्तो बिमारीको संकेत ! याल …

Leave a Reply

Your email address will not be published.