काठमाडौँ । अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ। पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ।
शरीरका केही भाग खाली देखिने गरी साडी, ब्लाउजलगायत खुला कपडा लगाऊँदा सेता धर्साहरू दुनियाँका नजरमा पर्न पुग्छन्।सेता धर्साकै कारण युवतीहरू सौन्दर्यमा आँच आएको महसुस गर्छन् । आखिर के हुन् यी सेता धर्सा ? किन आऊँछ ?
के हुन् सेता धर्सा ?
शरीरका विभिन्न भागमा छालामा देखिने सेता धर्सालाई ‘स्ट्रेच माक्र्स’को नामले चिनिन्छ। यसलाई मेडिकल भाषामा ‘स्ट्रिया’ भनिन्छ । नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनको वरिपरिका छालामा यस्ता धर्सा देखिन्छन्।
कतिपयमा राता धर्साहरू देखिने गरे पनि अधिकांशमा सेता धर्सा नै देखिन्छ । यो समस्या धेरैजसो महिलामा देखिने गरेको भए पनि पुरुषमा पनि नदेखिने भने होइन । ७० प्रतिशत महिलामा देखिन्छ भने पुरुषमा ३० प्रतिशत देखिने गरेको पाइएको छ।
यस्तो छ हटाउने घरेलु तरिका
कागतीको रस
कागतीको रसमा ब्लीचिंग गुण पाइन्छ, जसको प्रयोग सौन्दर्यका लागि गरिन्छ । गर्भकालमा आएको स्ट्रेच माक्र्स कागतिको रसले हटाउन सकिन्छ । यसका लागि ताजा कागती चाहिन्छ।
उक्त कागतिको रस स्ट्रेच माक्र्समा लगाएर १० मिनेट छाड्ने। त्यसपछि हल्का तातो पानीले सफा गर्नुपर्छ । केही समय नियमित यो विधी अपनाउनु पर्छ।
बनस्पती तेल
बनस्पती तेल जस्तो कि, नरिवल तेल, जैतुनको तेल आदिले छालामा मोश्चराइज गर्नुपर्छ, स्ट्रेच माक्र्स क्रमस हट्दै जान्छ। जैतुनको तेललाई तातो बनाउने र राम्ररी मसा जगर्ने।
अर्को दिन बिहान तातो पानीले नुहाउने । यसमा नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । तेल छालामा राम्ररी लगाउने र त्यसमा प्लाष्टिक शीटले छोप्न सकिन्छ ।
अण्डाको सेतो भाग
अन्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसको उपयोग छालामा आउने स्ट्रेच माक्र्स हटाउनमा पनि गर्न सकिन्छ । यदि अन्डालाई दही र महमा मिसाएर स्ट्रेच माक्र्स भएको भागमा लगाउने हो भने क्रमस त्यो धर्सा हट्दै जान्छ ।
मोस्चराइजर
मोस्चराइजरको नियमित उपयोगले स्ट्रेच माक्र्स कम हुन्छ । भिटामिनयुक्त मोस्चराइजर छाती, पेट, नितम्ब आदिमा गर्नुपर्छ । यसका लागि घिउकुमारीको जेल तथा जैतुनको तेल पनि उपयोग गर्न सकिन्छ । एजेन्सी