Saturday , May 28 2022
Breaking News
Home / जीवनशैली / छालामा यी संकेत देखिए ? रहनुहोस् सावधान ! हुनसक्छ खतरनाक

छालामा यी संकेत देखिए ? रहनुहोस् सावधान ! हुनसक्छ खतरनाक

काठमाडौँ । सामान्यतया मानिसको छालामा विभिन्न प्रकारका समस्याहरू देखिने गर्छन्। कतिपय संकेत सामान्य नै भएपनि केही संकेतहरू भने खतरनाक हुने गर्छ। के छन् त त्यस्ता संकेत ?

काखीको कालोपनः काखीको छाला सामान्यतः केही कालो हुन्छ। तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ।

सेतो वा पहेँलो दागः छालामा कहिलेकाहीँ सेतो वा पहेँलो दाग देखिन सक्छ। यो शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ। यसले हृदय रोगको समेत संकेत गर्छ।

आँखी भौं पातलो हुनुः आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो। यो खासै अस्वभाविक होइन। तर, अचानक आँखी भौं पातलिँदै गएको छ भने सतर्क हुनैपर्छ। किनभने, यसले थाइराइडको संकेत गर्छ।

नङमा कालो दागः नङमा कालो दाग देखा प¥यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको । यस्तो दागले क्यान्सरको संकेत गर्छ।

सुन्निनुः खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ । किनभने, यसले धेरैथरी रोगको संकेत गर्छ, जस्तो: हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यामा पनि यस्तो संकेत देखिन्छ।

दाह्री पातलिनुः अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकाहीँ अस्वभाविक रूपले पातलिँदै जान्छ । यसले हाइपो थाइराइडको संकेत गर्छ ।

ओंठ फुट्नुः ओंठ फुट्नु सामान्य हो । खासगरी चिसो मौसममा ओंठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओंठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बी र सीको कमी भएको संकेत गर्छ।

रुखो छालाः सबैको छाला एकनास हुदैन । कसैको सुख्खा हुन्छ भने कसैको तैलीय। तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ।

एलर्जीः छालाको सरसफाइ भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ । छाला चिलाउँछ। तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि।

डन्डिफोरः अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ। साथै यसले शरीरमा हार्मोनको गडबडी भएको पनि जनाउ दिन्छ । यो समस्या बढ्नासाथ तुरुन्तै चिकित्सककहाँ देखाउनु पर्छ।

About admin

Check Also

जेठ १४ गते शनिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिश्पर्दा जन्य कार्यका क्षेत्रमा …

Leave a Reply

Your email address will not be published.