Wednesday , May 18 2022
Breaking News
Home / समाचार / भोलि नेपाल बन्दको घोषणा

भोलि नेपाल बन्दको घोषणा

नेकपा लगायतका दल तथा मोर्चाद्वारा भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।एमसीसी सम्झौता बिरुद्ध भोलि बुधबार नेपाल बन्दको घोषणा गरिएको नेकपा निकट जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताए ।

सरकारले भोलि संसदमा एमसीसी टेवुल गर्न तयारी गरेको छ
त्यस्तै बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोक(मिलनपार्क)मा बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुबै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

About admin

Check Also

सार्वजानिक यातायात चढ्नेहरुकाे लागि एका बिहानै आयाे यस्ताे दु:खि बनाउने खबर !

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले …

Leave a Reply

Your email address will not be published.