Monday , June 27 2022
Breaking News
Home / समाचार / बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

बलात्कार घटनालाई लिएर फेसबुकमा निशा र आसिफको बाझाबाझ, एक-अर्कालाई लेखे ‘श्रद्धाञ्जली’

काठमाडौं । आठ वर्ष अगाडि सौन्दर्य प्रतियोगितामा रनर अप भएकी एक युवतीमाथि भएको यौन उत्पीडन सार्वजनिक भएसँगै सेलिब्रिटीहरु उनको लागि न्याय माग्दै जुर्मुराएका छन् । यसै क्रममा पीडितलाई सहयोग नगरेको भनेर पूर्व मिस नेपाल माल्भिका सुब्बा समेत विवादमा मुछिइन् ।

माल्भिकामाथि गालीगलौजको वर्षा हुन थालेपछि केही सेलिब्रिटी उनको बचाउमा उत्रिए । केही अभिनेत्री र पूर्व मिस नेपालहरुले उनलाई हिम्मत नहार्न हौसला दिए ।

तर, यसरी माल्भिकाको बचाउ गर्नेहरु पनि आलोचनाको तारो बन्न थालेका छन् । प्रस्तुतकर्ता, अभिनेता तथा गायक असिफ साहले फेसबुकमा स्टाटस नै लेखेर उनीहरुप्रति आफ्नो आक्रोश पोखे । यस विषयमा अभिनेत्री निशा अधिकारीसँग उनको बाझाबाझ नै भएको छ ।

आसिफले गल्ति स्वीकार्दैमा गल्ति कम नहुने र नामको मात्र नारीवादी हुन बन्द गरौँ भन्ने आशयको स्टाटस हालेका थिए ।

उक्त स्टाटस हालेको केहीबेरमै निशाले उनलाई दिग्गज व्यक्ति भएर यस्तो पोष्ट हालेको नसुहाएको भन्दै कमेन्ट गरिन् । दुईबीचको बादप्रतिवाद जस्ताको तस्तै :

असिफ साहको पहिलो पोस्ट : डबल स्टयान्डर्ड । नेपाली सेलिब्रेटी भनाउँदाहरु ‘मोर पावर टु यु दिदी’ को नारा लाउँदैछन् । वाईयातहरु । गल्ति स्विकार्दैमा गल्ति कम हुन्छ ? शून्य शहनसिलताका नाटकीहरु । नो पावर टू यू ।

निशा अधिकारीको कमेन्टः यो संवेदनशील विषयमा बोलेर हाम्रो असिफ दाईले पनि मास पोइन्ट र ब्राउनी पोइन्ट कमाइरहनु भएको छ । बलात्कारको कुरामा माफीको पछाडी लाग्नुभएको छ यस्तो दिग्गज व्यक्ति । एक वर्षभित्र रिपोर्ट गर्नुपर्ने कानुनी व्यवस्था संशोधनको माग भइराख्दा खोइ तपाईलाई त कतै देखिन त ? तर असिफ दाईलाई सेलिब्रेटीको कमेन्ट बाहेक अरु कुनै पनि कुरा नजर आएन । त्यसमा कमेन्ट गर्न पो अझ रमाईलो ? अझ लाईक्स, अझ फलोअर्स ! जिरो रेस्पेक्ट !

अहिले त्यो पीडितको हात समाएर कानूनी व्यवस्था र नीतिबारेको ज्ञान राखेर बोल्न सक्ने क्षमता छैन भने त चुप लाग्नु नै ठीक होला । अहिलेसम्मको रेप केसहरु बिग्रेको यस्तै ब्राउनी पोइन्टहरु कलेक्ट गर्नाले हो । मिडियामा यत्रो लागेर यति ज्ञान नभएकोमा तपाईको संवेदनशीलतालाई ‘रेस्ट ईन पिस’ ।

असिफ साहको जवाफः तिमीहरु आफ्नो सहुलियत र अनुकुलताअनुसार नारीवादको कवच लगाउँछौ । यस्ता पाखण्डीबाद सोचलाई हार्दिक श्रद्धाञ्जली ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.