काठमाडौं ।
चर्चित गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् ।
केही हप्ता अगाडि मात्र विवाह बन्धनमा बाधिएकी चर्चित गायिका इन्दिरा जोशीले बाह्र वर्ष पछि एकल गीतमार्फत गायनमा ‘बोल्ड कमब्याक’ गर्दै ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेसँगै उनी थप चर्चामा रहेकी छिन् ।
आफ्नो गीत सार्वजनिक कार्यक्रममा रातो सारी र सिउँदोमा धपक्क सिन्दुर लगाएर पतिको हात समात्दै गरेको अवस्थामा देखा परेकी यी सुन्दरी गायिकाले
निकै ह्याप्पी मुडमा आफ्नो गीत सार्वजनिक गरिन् ।
विबाहपछि पहिलो औपचारिक कार्यक्रममा संचारकर्मीद्धारा घेरिएकी सुन्दरी इन्दिरालाई ‘फेमिली प्लानिङ्’ बारे सोधिएको प्रश्नको उत्तर दिँदै उनले भनिन् ‘ओ हो स्विट हार्ट के को हतार रु मेहेन्दीको रंग पनि उत्रेको छैन, बच्चा बारे त हामीले केही सोचेका पनि छैनौँ ।’
यो जोडीले हनिमुनको तयारी गरेको तर हालसम्म हनिमुनको लागि पनि कतै नगएको समेत सो अवसरमा हँसिँलो पारामा बताइन् ।