Wednesday , October 5 2022
Breaking News
Home / समाचार / काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्नेहरुलाई घेरा हालेर छेक्यो प्रहरीले

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्नेहरुलाई घेरा हालेर छेक्यो प्रहरीले

काठमाडौं ३० साउन । बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध नहोस् भनेर बन्चरेडाँडा मा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

सत्तारुढ दलसँगै एमाले र एप्रपाले पनि फोहोर फ्याल न अवरोध गरेपछि महानगरले प्रहरी परिचालन गरेको हो ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने गरेको घोषणामा एमाले र राप्रपाले पनि सहमति जनाएको हो ।

सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएका छन् ।

एक स्थानीयले दिएको जानकारी अनुसार आन्दोलनकारीहरुलाई प्रहरीले चारैतिरबाट घेरा हालेको छ भने १५ २० गाडी प्रहरी आएका छन् ।

आन्दोलन गर्नेहरुलाई चारैतिरबाट घेरा हालिनुका साथै सडकभरि प्रहरीको लाइन लागेकाले जनता आतंकित भएको बताइएको छ ।

About admin

Check Also

दशैँको मुखैमा बालेनले मुटु हल्लिने गरी निकाले यस्तो विज्ञप्ति

काठमाडौं महानगरपालिकाका मेयर साहले चाडवाडका बेला पनि काठमाडौंको फुटपाथ खाली गर्ने अभियान स्थगित नहुने गरेका …

Leave a Reply

Your email address will not be published.