Wednesday , October 5 2022
Breaking News
Home / Uncategorized / फेरि बज्याे खतराकाे घण्टी; काे-राेनाकाे कारण मृ`त्यु हुनेकाे सङ्ख्या बढ्दाे !

फेरि बज्याे खतराकाे घण्टी; काे-राेनाकाे कारण मृ`त्यु हुनेकाे सङ्ख्या बढ्दाे !

नेपालमा को- रोना संक्रमणबाट मृ- त्यु हुनेको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार को- रोना संक्रमणबाट दुई जनाको मृ- त्यु भएको छ ।

नेपालमा चौथो लहर सुरुवात भएपछि मृ- त्यु हुनेको संख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ । तेस्रो लहरमा २४ वैशाख २०७९ मा मृ- त्यु भएपछि को- रोना संक्रमणबाट १ साउनमा पहिलो संक्रमितको मृ- त्यु भएको थियो । त्यसयता दैनिक एक–दुई जनाको मृ- त्यु हुँदै आएको छ भने गत २६ गते एकैदिन पाँच जनाले ज्या- न गुमाएका थिए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार साउनयता ३६ जनाको मृ- त्यु भएको छ । मृ- त्यु हुनेमा अधिकांश खोप नलगाएका र दीर्घ रोगी रहेका मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमणबाट मृ- त्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ । खोप नलगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकता अनुसार कोरोनाविरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले अपिल समेत गरेको छ ।

को- रोना संक्रमित भएका ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन । तर, खोप नलगाएका मानिस गम्भीर बिरामी पर्ने वा मृ- त्यु हुने सम्भावना खोप लगाएका मानिसको तुलनामा १० गुणा बढी हुने मन्त्रालयको जिकिर छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृ- त्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

को- रोना संक्रमण फैलिन नदिन खोप लगाउने, नाक मुख छोपिने गरी मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, खोक्दा वा हाच्छ्यूँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्ने, झ्याल सधैं खुल्ला राख्ने, बेला–बेला साबुन पानीले मिचिमिचि हात धुन मन्त्रालयले अपिल गरेको छ ।

नेपालमा हालसम्म ११ हजार ९८८ जना जनाले को- रोना संक्रमणका कारण ज्या- न गुमाएका छन् । जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन् । ६० देखि ६९ वर्षका दुई हजार ५१३, ७०–७९ वर्षका दुई हजार ३९४, ५०–५९ का दुई हजार ३०५, ४०–४९ का एक हजार ६६६, ८० वर्षमाथिका एक हजार ६४१, ३०–३९ वर्षका ९६७, २०–२९ वर्षका ३८१, १०–१९ वर्षका ५७, ९ वर्षमुनिका ५१ र अज्ञात १३ जनाको मृ- त्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

नेपालमा हालसम्म पूर्ण खोप लगाउनेको संख्या कुल जनसंख्याको ७१ दशमलव २ प्रतिशत अर्थात दुई करोड सात लाख ७१ हजार ३४१ पुगेको छ । त्यसैगरी, ७४ लाख २८ हजार ८८५ ले अतिरिक्त खोप लगाएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

दशैँको मुखैमा बालेनले मुटु हल्लिने गरी निकाले यस्तो विज्ञप्ति

काठमाडौं महानगरपालिकाका मेयर साहले चाडवाडका बेला पनि काठमाडौंको फुटपाथ खाली गर्ने अभियान स्थगित नहुने गरेका …

Leave a Reply

Your email address will not be published.